नियम ३५
भैपरी आउने खर्च
नगरपालिकाले स्वीकृत बजेटको परिधिभित्र रही ऐन बमोजिम
कर, शुल्क, सेवा शुल्क, दस्तुर र भाडाबाट उठाएको कुल रकमको एक प्रतिशतसम्म
रकम भैपरी आउने विकास निर्माण कामको लागि खर्च गर्न सक्नेछ र सो भन्दा बढी
खर्च गर्नु परेमा नगर परिषद्बाट स्वीकृत गराउनु पर्नेछ ।